शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सभासदको पैसा कोल्ड स्टोरमा ,बाटो मात्र विकास हैन : कोइराला

सभासदको पैसा कोल्ड स्टोरमा ,बाटो मात्र विकास हैन : कोइराला


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७७, शुक्रबार

पोखरा, ३ पुस– पोखराको तालचोकमा आधुनिक कोल्ड स्टोर बन्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघले पोखरा–२७ तालचोकमा निर्माण गरेको कृषि उपज खरिद तथा बिक्री केन्द्रमा नै कोल्ड स्टोर बन्ने भएको हो । कोल्ड स्टोर निर्माणकालागि कास्की निर्वाचन क्षेत्रनं १ (१)का प्रदेश सांसद दीपक कोइरालाले निर्वाचन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २५ लाख विनियोजन गरेका छन् । कोल्ड स्टोरको लागि उद्योग वाणिज्य संघले लागतको १० प्रतिशत रकम खर्चेको छ । कुल २७ लाख ५० हजारमा शीत भण्डार निर्माण हुँदैछ । विकास समितिका सभापति पनि रहेका कोइरालाले विकास भनेको बाटो घाटो मात्र नभई आयआर्जनकालागि उत्पादनसँग जोडिएर आर्थिक उन्नति गर्नु पनि रहेको बताएका छन् ।
सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले सरकार र निजी क्षेत्रको सहकार्यमा कृषिमा आधारित उद्योग धन्दा संचालन गर्नुपर्नेमा जोड दिएकाछन् । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुलाई बजारिकरण गर्न व्यवस्थित तरिकाले भण्डारण र किसानको लगानीलाई सुरक्षित गर्नका लागि संघले कृषिमैत्री कार्यक्रम ल्याएको बताएकाछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->