शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एन्फा टेक्निकल सेन्टर भेंडाबारीमै बनाउन स्थानीयको माग

एन्फा टेक्निकल सेन्टर भेंडाबारीमै बनाउन स्थानीयको माग


  • विजय नेपाली
  • पुष ४ २०७७, शनिबार

पोखरा, ४ पुस– अखिल नेपाल फुटबल संघ (एन्फा) ले निमार्ण गर्न लागेको दक्षिण एशियाकै नमूनाको रुपमा रहेको एन्फा टेक्निकल सेन्टर कास्कीको माछापुच्छे« गाउँपालिकाअन्तर्गतको भँेडाबारीमै बन्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।
एन्फाको ड्रिम प्रोजेक्टअन्तर्गत रहेको उक्त आयोजनाको लागि शुक्रबार कास्कीको माछापुच्छ«े गाउँपालिकामा प्रस्तावित गरेको टेक्निकल सेन्टर वातावरणीय प्रभाव मूल्याङ्न विषयक सार्वजानिक सुनुवाईमा सहभागी भएका स्थानीयहरुले टेक्निकल सेन्टर आफ्नै क्षेत्रमा बन्नुपर्नेमा जोड दिए । स्थानीयहरुले सुनुवाईको क्रममा पाँच बुँदामा जोड दिए । उनीहरुले प्रस्तावित अन्तर्राष्ट्रिय स्तरको टेक्निकल सेन्टर बनाउनुपूर्व स्थानीयहरुसँग समन्वय र सहकार्य गर्नुपर्ने, प्रस्तावित क्षेत्रको दुबैतिर खोला रहेकाले दुबै खोलामा गुणस्तरीय बाँध बनाउनुपर्ने,फोहोर व्यवस्थापनको कुरालाई कार्यान्वय गर्दै स्थानीय स्रोत साधनको प्रयोगसहित रोजगारको व्यवस्था हुनुपर्ने माग गरे ।
‘हाम्रो क्षेत्रमा खेलकुदका साथै पर्यटकीय विकास हुनु गौरवको कुरा हो । जग्गादाताहरुलाई समन्वय गर्दै सम्मान पनि गरिदिनुहोला’, ्स्थानीय देविप्रसाद अधिकारीले भने । अर्का स्थानीय जयलाल दवाडीले प्रभावकारी कार्यक्रम रहेकाले स्थानीयको नाताले सहयोग गर्न तत्पर रहेको बताउँदै स्थानीयको ज्ञान र सीपको आधारमा रोजगारको समेत ग्यारेण्टी दिनुपर्ने औंल्याए । अर्का स्थानीय एकनारायण अधिकारीले भेँडाबारीको दुबैतर्फ खोला रहेकाले बस्तीलाईसमेत असर नगर्नेगरी बाँध बनाउनुपर्ने बताए ।
सोही क्रममा बोल्दै माछापुच्छे« गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले प्रस्तावित फिफाको आयोजना अन्यत्र लान निकै प्रयाससमेत भएको खुलासा गरे । उनले एशियाकै नमूना मैदान तथा टेक्निकल सेन्टर आफ्नै क्षेत्रमा बन्दा अन्तर्राष्ट्रिय खेलकुदका साथै पर्यटन तथा रोजगारमा समेत टेवा पुग्ने हुँदा सबैले सहयोग गर्न आग्रह गरे । गाउँपालिकाले आफ्नो क्षेत्रको विकासको लागि आएको परियोजनको लागि आवश्यक रुपमा बाँध निमार्ण गर्ने बताए । उनका अनुसार बाध निमार्णको लागि ५ करोड ७६ लाख लाग्ने र सो रकम सरकारको तर्फबाट ब्यहोर्ने बताए ।
एन्फा केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले फिफाले नै कास्कीको लागि रकम दिएको जानकारी दिँदै व्यवहारिक रुपमा सबैलाई सहयोग गर्न आग्रह गरे । गण्डकी प्रदेशको राजधानी पोखरादेखि नजिकैको दूरीमा रहेको उक्त आयोजनाको लागि स्थानीयहरुसँग छलफल गरेको हो । विश्व फुटबल महासंघ (फिफा) को आर्थिक सहयोगमा बन्ने परियोजनाको लागत भने निकै ठुलो रहेको छ । पहिलो चरणमा १७ करोड ५५ लाख रुपैँया छुट्टिएको छ । एन्फाले ४ चरणमा काम सक्नेछ ।सार्वजानिक सुनुवाई कार्यक्रमपश्चात अब एन्फाले सो क्षेत्रका स्थानीयहरुको समन्वय र सहकार्यमै काम गर्ने प्रतिवद्धता जनाएको बताए । उनले पहिलो चरणअन्तर्गत अभ्यास मैदान, पुरुष होस्टल, अभ्यास ब्लक, कार्यकारी क्वार्टर ब्लक, अतिथि क्वार्टर ब्लक, ओपन फुट कोर्ट, सुरक्षा गार्ड भवन, शौचालय तथा चौतर्फी बार लगाउने काम हुने जानकारी दिए । टेक्निकल सेन्टरमा ५ हजार दर्शक क्षमता सहितको मुख्य फुटबल मैदान, प्राकृतिक मैदान, दुई कृतिम मैदान, दुई बालुवा मैदान, स्विमिङपुल, रेष्टुरेण्ट, पुस्तकालय, जिमहल तथा सभाहल रहने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->