शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राष्ट्रिय युवा संघ नेपालको काठेखोलामा संगठन विस्तार

राष्ट्रिय युवा संघ नेपालको काठेखोलामा संगठन विस्तार


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०७७, शनिबार

बागलुङ, ४ पुस– राष्ट्रिय युवा संघ नेपालले काठेखोला गाउँपालिकामा संगठन विस्तार गरेको छ । संघले गाउँपालिकाको सबै वडाहरुमा संगठन विस्तार गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा संघीय सांसद मनकुमारी केसीले पार्टीलाई बलियो बनाउन युवाहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

उनले पार्टीको भातृ संगठन बलियो भयो भने मात्रै सिंगो पार्टी बलियो बन्ने भन्दै युवा संगठित र एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले युवाहरुको एकतामा मात्र देशको परिवर्तन सम्भव भएकाले युवाहरु सक्रिय रुपमा अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सदस्य हिराबहादुर केसी, बागलुङका सचिव ज्ञामनाथ गैरे, जिल्ला सदस्य हुमाकुमारी जिसी अञ्जु, कृष्ण थापा, नेकपा काठेखोला गाउँपालिका अध्यक्ष डिलबहादुर कार्की र राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक रेशम घर्ती मगर लगायतले मन्तव्य व्यक्त गरे ।

संगठन बिस्तार अभियान अन्तरगत वडा नम्बर १ मा प्रेम किसान संयोजक, रत्ना किसान सह–संयोजक, वडा नम्बर २ मा राजेश थापा संयोजक, नविन थापा सह–सयोजक, वडा नम्बर ३ मा सन्त आले संयोजक, शिव भण्डारी सह–संयोजक, वडा नम्बर ४ मा ओमकार थापालाई संयोजकको जिम्मा दिइएको छ ।

त्यस्तै वडा नम्बर ५ मा नारायण विक संयोजक, समिक्षा नेपाली सह–संयोजक, वडा नम्बर ६ मा गंगाबहादु विक संयोजक, सुजन कँडेल सह–संयोजक, वडा नम्बर ७ मा डिलबहादुर कार्की संयोजक, महेन्द्र कार्की सह–संयोजक र वडा नम्बर ८ मा देवबहादुर श्रेष्ठ संयोजक र पूर्णबहादुर पुन सह–संयोजकमा भएकाछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->