शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भिमकाली क्लबको प्रथम साधारणसभा, फुटबलमा लाग्ने घोषणा

भिमकाली क्लबको प्रथम साधारणसभा, फुटबलमा लाग्ने घोषणा


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०७७, आइतबार

पोखरा, ५ पुस–पोखराको फुटबल विकासको इतिहाससँग जोडिएको भिमकाली क्लबले आफ्नो पहिलो साधारणसभा सम्पन्न गरेको छ ।
लामो समयसम्म फुटबलमा सक्रिय रहेको क्लब पछिल्लो समयमा निष्कृय रहँदै आएको थियो । क्लबलाई पुनर्गठन गर्दै शनिबार पहिलो साधारणसभा सम्पन्न भएको छ ।पहिलो साधारणसभाले क्लबलाई विधिवत् रुपमा कास्की जिल्ला फुटबल संघमा दर्ता गराई अघि बढ्ने निर्णय गरेको छ । क्लबको सभामा बोल्दै कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले पोखराको फुटबल विकासको इतिहाससँग जोडिएको क्लब निष्क्रिय रहँदै आउनु दुःखद रहेको बताए ।
‘क्लबको इतिहास धेरै लामो छ । इतिहास अनुसार काम गरेपनी बिचमा विभिन्न कारणले रोकिएको छ । यस्तो क्लब संघमा दर्ता नहुनु दूर्भाग्यपुर्ण कुरा हो । फुटबलसँग जोडिएको क्लब त आउन प¥यो नि’,उनले भने । बगर भाइखलकका अध्यक्ष वीरबहादुर गुरुङले भिमकाली करिब २३ वर्षको इतिहास बोकेको क्लब रहेको बताउँदै पुन सक्रिय हुँदा आफु निकै हर्षित रहको बताए । क्लबका अध्यक्ष कृष्ण गुरुङले क्लबले मुहार फेरेको बताए । क्लबले एक वर्षको अवधिमा विभिन्न सामाजिक कार्यसमेत गरेको सदस्य प्रकाश गुरुङले बताए । बगर ट्याक्सी इकाइ समितिका अध्यक्ष रमेश विकले क्लबसँग हातेमालो गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->