बागलुङ, ५ पुस– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रस्ताव ल्याएर अस्थीरता निम्त्याएको बताएका छन् । नौ/नौ महिनामा बिघटन हुने सरकारले उपलव्धी नल्याएको भन्दै सरकारले दिएको जनमतको कदर गर्न नसकेर संसद बिघटन गर्ने प्रस्तावमा पुगेको थापाले बताए । प्रधानमन्त्रीले असंबैधानिक कदम चालेको उनको टिप्पणी थियो । देश र जनतालाई कंगाल बनाउने बाटोमा लागेको थापाले आरोप लगाए ।
ढोरपाटनसँगको सम्वादमा थापाले भने ‘जनताको चाहना एकातफ थियो तर प्रधामन्त्रीले विश्वास घात गरेर गलत कदम लिए ।’





