शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कास्की ३१ रनले विजयी

कास्की ३१ रनले विजयी


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०७७, मंगलबार

पोखरा,७ पुष– गण्डकी प्रदेश स्तरीय लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा कास्की ३१ रनले विजयी भएको छ । १ सय ५५ रनको लक्ष्य पछ्याएको तनहुँले निर्धारित ५० ओभरमा १ सय २३ रनमात्र बनाउन सक्यो । टस जितेर ब्याटिङ रोजेको कास्कीे ४७.५ ओभरमा १ सय ५४ रन बनाउँदै अलआउट हुन पुग्यो ।
कास्कीका लागि अर्जुन कुमालले सर्वाधिक ४३ रनको योगदान दिए । अभिषेक थापाले ३५ तथा अमृत गुरुङ्गले २० रन बनाए । तनुहँको लागि दिनेशजंग बुढामगरले ३, राजु गुरुङ्गले २ तथा प्रवेश खड्का, करुण सिरमला र सचिन अधिकारीले समान एक एक विकेट लिए ।
पोखरा रंगशालामा जारी खेलमा जितका लागि १ सय ५५ रनको सामान्य लक्ष्य पछ्याएको तनहुँका समिर कँडेलले ४१ रन बाहेक अन्य व्याट्सम्यानले गतिलो अंक जोड्न सकेनन् । कास्कीको लागि दिपेश खत्रीले १० ओभर ५ मेडन राख्दै ९ रन खर्चेर ४ विकेट लिए । खेलको म्यान आफ दि म्याच दिपेश खत्री घोषित भए । लिग अन्र्तगत बुधबार कास्की र नवलपुरविच अन्तिम खेल हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->