शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन

गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०७७, बिहिबार

पोखरा, ९ पुस– गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । लिग अन्तर्गतका तीनवटै खेलमा जित निकाल्दै ६ अंकका साथ कास्की च्याम्पियन बनेको हो । बुधबार भएको अन्तिम खेलमा कास्कीले नवलपुरमाथि ८६ रनको शानदार जित निकाल्यो । टस जितेको नवलपुरले बलिङ रोजेपछि क्रिजमा उत्रिएको कास्कीले पूरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । कास्कीको तर्फबाट अर्जुन कुमालले ७७ रन बनाए । १ सय २७ बलको सामना गरेका उनले १० चौका प्रहार गरे । त्यस्तै, सुवास भण्डारीले ३४ रनको योगफल तयार पारे ।
नवलपुरको बलिङमा विशाल पौडेलले २ तथा विज्ञान गौतम, लक्की सापकोटा र कमल परियारले एक एक विकेट लिए । जितका लागि २ सय २ रनको लक्ष्य पछ्याएको नवलपुरले १ सय १५ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । जसमा राहुल शर्माले ३२ तथा सन्देश बस्नेतले अभिजित २९ रन जोडे । कास्कीको बलिङमा विपिनखत्री र दिपेश खत्रीले ३÷३ विकेट लिए । सुवास भण्डारीले २ तथा अमृत गुरुङ र देव शाहले १÷१ विकेट लिएका थिए ।
प्रतियोगिता कातीन खेलमा ८ विकेट तथा ५३ रन बनाएका कास्कीका सुवास भण्डारीलले वेष्ट बलर साथै म्यानअफ द सिरिजको उपाधी पाउँदा कास्कीकै अर्जुन कुमाल उत्कृष्ट व्याट्सम्यान भए । उनले तीन खेलमा कुल १ सय ४२ रन जोडेका थिए ।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्ग, क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगी, प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिना, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा वेष्ट व्याट्सम्यान घोषित अर्जुन कुमाललाई राखेप सदस्य राजेश गुरुङले नगद १० हजार सहयोग उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->