शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राज्यसत्ताको चरम दुरुपयोग गर्ने चाहना पुरा गर्न संसद विगघटन : पौडेल

राज्यसत्ताको चरम दुरुपयोग गर्ने चाहना पुरा गर्न संसद विगघटन : पौडेल


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७७, सोमबार

पोखरा, १३ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसत्ताको चरम दुरुपयोग गर्ने चाहना पूरा गर्न संसद विगघटन गरेका बताएका छन् । आइतबार आफ्नो समुहको कास्की जिल्लास्तरीय प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीमा चरम राज्यसत्ताको चाहना रहेकाले त्यसका लागि पार्टी र संसद बाधक देखेर पार्टी विभाजन र संसद विघटन गरिदिएको उनले बताए । ‘प्रधानमन्त्री एवं हाम्रो निवर्तमान अध्यक्ष केपी ओलीमा चरम सत्ता दुरुपयोगको चाहना छ । आफ्ना असेपासे र मनलागेका जोसुकै मान्छेलाई आफ्नो घेरामा राखिरहन पद पु¥याउनु पर्ने छ । उहाँको त्यो चाहना संसद र पार्टीबाट पुरा नहुने देखेपछि पार्टी विभाजन गर्नुभयो र संसद नै विघटन गरिदिनुभयो,’ उनले भने ।
नेता पौडेलले ओलीले देश र पार्टीलाई भड्खालोमा हालेको आरोप लगाए । ‘उहाँले आफ्नो स्वार्थ पूरा गर्न विदेशीको गोटी बनेर देश र पार्टीलाई भड्खालोमा हाल्नुभयो’–उनले भने । पौडेलले ओली पहिलेको अञ्चालाधीशजस्तै भएको टिप्पणी गरे । पहिले पहिले अञ्चलाधीश सर्वैसर्वा हुन्थ्यो र अरु कसैले भनेको टेर्दैनथ्यो,उनले भने,‘अहिले ओलीपनि त्यसै गर्दैछन्, ओलीले अञ्चलाधीशकै पदचाप पछ्याएका छन् ।’ ओलीले जनताप्रति गरेको बाचा र प्रतिबद्धताप्रति बेईमानी गरेको उनको भनाई छ । चुनावताका सुखी नेपाली, समृद्ध नेपाललगायतका बाचाबाट ओली भागेर भ्रष्टाचारमा चुर्लुम्म डुबेको उनले आरोप लगाए । यति होल्डिङ, सुन काण्ड, वाईडवडीदेखि बुढीगण्डकीलगायतका काण्ड मच्चाएर ओलीले देश लुटिरहेको उनको आरोप छ ।
नेता पौडेलले ओली समूहले चुनाव भए एउटा वडामा पनि चुनाव नजित्ने दाबी गरे । उहाँ चुनाव गराउने पक्षमै हुनुहुन्न,उनले भने, ‘यदि निश्पक्ष चुनाव भए उहाँहरुले एउटा वडामापनि जित्नु हुन्न ।’ उनले अहिले ओली पक्षकाले धम्क्याउनसमेत थालेको आरोप लगाए । मलाई अस्ति ओली पक्षका आएर धम्क्याउनु भो, उनले अगाडि भने, ‘तपाईंले ग्रामीण पोलिटिक्स नै गर्ने होला । हेरौंला कसरी गर्नुहुँदो रहेछ भन्नुभो ।’ उनले ओली पक्षकाले बाटो ढुक्ने, तर्साउने, धम्क्याउने गर्नसक्ने भन्दै त्यसको अगाडि नडराई क्रान्तिको विगुल फुक्न गाउँगाउँ आफूहरु पुग्ने बताए ।
प्रधानमन्त्री ओलीमा आलोचनात्मक चेतसमेत नरहेको र असहिष्णुपनि रहेको आरोप लगाए । २५ वर्ष अगाडि कसैले उनीबिरुद्ध कुरा गरेको रहेछ भने डायरी पल्टाउँदै बदला लिने बानी ओलीमा रहेको उनको भानाई थियो ।
नेकपाका केन्द्रीय सदस्य तुलबहादुर गुरुङले ओलीको अहमता र अधिनायकवादविरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले गलत प्रवृत्तिका विरुद्ध डटेर लड्नुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङले संसद विघटन गरेर ओलीले संवैधानिक ‘कु’ गर्न खोजेपनि त्यसलाई असफल बनाएरै छाड्ने उद्घोष गरे । कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्वय चुडामणी जंगली र सीता गिरी ओली, कास्की सचिव बखानसिंह गुरुङ, धनराज आचार्यलगायतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->