बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यार्थीलाई लायन्सको न्यानो कपडा

विद्यार्थीलाई लायन्सको न्यानो कपडा


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७७, सोमबार

दुलेगौँडा (तनहुँ) १३, पुस- लायन्स क्लब अफ तनहुँ म्याग्देले न्यानो कपडा वितरण गरेको छ । म्याग्दे गाउँपालिका–६ मनपाङको रत्न माध्यामिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको हो ।

१ सय २० जना विद्यार्थीलाई चिसोमा न्यानो स्विटर वितरण गरेको क्लबका तृतिय उपाध्यक्ष गौरवराज रानाले बताए । लायन्सका को चिफ एडभाईजर विनोद ढुंगाना र क्लबका अध्यक्ष भिमलाल श्रेष्ठले विद्यार्थीलाई स्विटर वितरण गरे । विद्यालयमा अध्यनरत गरिब र विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन स्विटर वितरण गरेको अध्यक्ष श्रेष्ठले बताए ।

यस्तै, लायन्स क्बल अफ तनहुँ खैरेनीटारले म्याग्दे–६ सर्वलाङस्थित शान्ति आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । ३० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको क्लबका द्धित्तिय उपाध्यक्ष नारायण पोखरेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->