शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महिला क्रिकेटमा सुदुरपश्चिमसंग गण्डकीको ५९ रनको हार

महिला क्रिकेटमा सुदुरपश्चिमसंग गण्डकीको ५९ रनको हार


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७७, मंगलबार

पोखरा,१४ पुस – दाङको लमहिमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिलाई क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश सुदुरपश्चिमसंग ५९ रनको हार व्यहोरेको छ । १ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकी निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ४८ मात्र बनाउन सफल भयो ।

गण्डकीका कुनैपनि ब्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् । ओपनर पुर्णता शाहि २ रनमै आउट भइन् । अर्की ओपनर सुर्जना पौडेल शुन्यमै पेभिलियन फर्किइन् । कप्तान शिला क्षेत्री,सिमाना केसी र एलिशा लामिछानेले समान ४–४ रन बनाइन् । सृष्टि पौडेलले ८ रन जोडिन् । जुन गण्डकीको सर्वाधिक रन हो । उनले १० बलमा २ चौका प्रहार गरिन् । ज्योस्त्नीका मरासिनी ६ तथा कुसुम गोदार ५ रनमा अविजित रहिन् । सुदुरपश्चिमको लागी सुनिता लौहारले २ तथा कविता कुँवर, रितु कान्वोजिया र लक्ष्मी साउदले समान १–१ विकेट लिइन् ।

त्यस अघि टस जितेर ब्याटिङ रोजेको सुदुरपश्चिम १९.३ ओभरमा अल आउट हुदैँ १ सय ७ रनको योगफल तयार पारेको थियो । सुदुरपश्चिमको लागी ओपनर रेवती धामीले २७ रनको योगदान दिइन् । अर्की ओपनर मञ्जु बोगटिले १४ बलमा १ चौका प्रहार गर्दै १० रन जोडिन् । रितु कान्वोजिया ७ रनमा अविजित रहिन् । कविता कुवँरले ११ बलम १ चौका प्रहार गर्दै ७ रन जोडिन् । कप्तान विन्दु रावल १३ रनमा बोल्ड आउट हुन पुगिन् ।  गण्डकीका लागी अलिसा लामिछाने र सृष्टि पौडेलले समान ३–३ तथा एन्जिला पौडेल, कुशुम गोदार र ज्योस्त्नीका मरासिनीले १–१ विकेट लिइन् । समुह बि अन्तर्गतकै अर्को खेलमा प्रदेश १ ले बागमती प्रदेशलाई ४६ रनले हराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->