पोखरा, १७ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीको बृहत कार्यकर्ता शुक्रबार पोखरामा हुने भएको छ । पार्टीमा स्पस्ट दुइ धार देखिएपछि प्रधानमन्त्री केपि ओली पक्षले भेला आयोजना गरेको हो । यस अघि पनि दुबै पक्षले पोखरामा आ–आफ्नो संगठन बिस्तार गर्न भेला आयोजना गरिसकेका छन् ।
भेलालाइ नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य एबम् गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत् रहेका पार्टीका गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र केन्द्रीय सदस्य, गण्डकीका सह इन्चार्ज , पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले सम्बोधन गर्ने केन्द्रीय सदस्य तथा कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।





