काठमाण्डौ, १७ पुस–सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु भएको छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४स्०० बजे बस्ने गरी आह्वान गरेकी थिइन् ।
राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए । अध्यक्ष तिमिल्सिना बाट जारी भएको राष्ट्रियसभाका समिति गठनसम्बन्धी आदेश, २०७७ सभाबाट अनुमोदनका लागि पेश हुने कार्यसूची छ ।





