पोखरा, १९ पुस –लोकेन्द्र गुरुङको अध्यक्षतामा गण्डकी प्रदेश फुटबल संघ गठन गरिएको छ । गुरुङको अध्यक्षतामा १८ सदस्य कार्यसमिति शनिवार चयन गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा मिलन गुरुङ, उपाध्यक्षहरु रामराज गुरुङ, सेतबहादुर पुन र निरज गुरुङ, महासचिवमा दिपेन्द्र श्रेष्ठ सह सचिव ज्योती श्रेष्ठ,प्रेम गुरुङ, प्रितम गुरुङ र प्रकाश रेग्मी, कोषाध्यक्ष मुक्त राना, सह कोषाध्यक्ष नरप्रसाद गुरुङ, सदस्यहरुमा वेदबहादुर गुरुङ,सुमन गुरुङ, हरी खड्का, विनोद गुरुङ र संघको प्रवक्ता रमेश कार्की मनोनित गरिएको छ । कार्यसमितिले शनिवारनै पहिलो बैठक बस्दै विधान मस्यौदा छलफल, समिति सिफारीस गर्ने निर्णय समेत गरेको छ । अब प्रदेश लिग भने प्रदेश कमिटिको आयोजनामा हुने प्रवक्ता रमेश कार्कीले जानकारी दिए ।
यस अघि गत वर्ष धरमबहादुर लामिछानेको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो तर आन्तरिक किचलो र एक वर्षमै निष्क्रिय रहेकाले अखिल नेपाल फुटबल संघले विधानसम्वत् नयाँ कार्यसमिति गठन गरेको हो ।
गत कार्तिकमा गठन गरिएको गण्डकी प्रदेश फुटबल संघको अध्यक्ष धर्मसिंह लामिछाने (कास्की) उपाध्यक्ष मिलन गुरुङ (कास्की), लोकेन्द्र गुरुङ (लमजुङ), मुक्त राना (स्याङ्जा) महासचिव दिपेन्द्र श्रेष्ठ (गोरखा), सचिव रमेश कार्की (कास्की), कोषाध्यक्ष, राम राजा गुरुङ (बाग्लुङ),सहकोषध्यक्ष विनोद गुरुङ (कास्की) सल्लाहकार सुख गुरुङ (कास्की) र बसन्त थकाली (कास्की) सदस्यहरु – बेद बहादुर गुरुङ (मनाङ), सेट बहादुर पुन (नवलपुर), प्रकाश रेग्मी (स्याङ्जा), सुर्य लामिछाने (बाग्लुङ), सिजन श्रेष्ठ (लमजुङ), पुष्प बराल (कास्की), हरि लामिछाने (तनहुँ), दुर्गा घिमिरे (नवलपुर), भक्ति गुरुङ (कास्की), सुमन गुरुङ (कास्की) र मेघराज पाण्डे (नवलपुर) छन् ।




