शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१८ औं आहा ! रारा गोल्डकपबाट १८ लाख ९७ हजार बचत

१८ औं आहा ! रारा गोल्डकपबाट १८ लाख ९७ हजार बचत


  • ढोरपाटन सम्वाददाता
  • पुष २२ २०७७, बुधबार

पोखरा,२२ पुष–पोखरामा आयोजना हुने सर्वाधिक राशिको आहा ! रारा गोल्ड कपको १८ औं शंस्करणबाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैँया बचत भएको छ । गत वर्ष आयोजित प्रतियोगिताको बुधबार प्रेस रिलिज मार्फत क्लबले जानकारी गराएको हो । २१ गते देखि चैत १ गतेसम्म पोखरा रंगशालामा आयोजित प्रतियोगिताबाट ८८ लाख १० हजार ३ सय ६६ रुपैँया आम्दानी गरेको छ भने ६९ लाख १२ हजार ७ सय ९ रुपैँया खर्च भएको प्रेस रिलिज मार्फत जानकारी गराएको हो ।
सहारा एकेडेमी संचालनार्थ प्रतियोगिताको प्रबेश टिकटबाट २८ लाख ७ हजार ४ सय ७० रुपँैया, व्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७ सय ७२, सिजनल टिकटबाट ३६ हजार, बैंक व्याज आम्दनीबाट ४२ जहार १ सय ४५ रुपैया आम्दानी भएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

१८ औं शंस्करणको विजेता बन्दै मनाङ मस्र्याङदी क्लवले नगद १० लाख एक हजार रुपँैया पुरस्कार हात पार्न सफल भएको थियो । नेपाल पुलिस क्लवलाई फाइनलमा हराउँदै मनाङ च्याम्पियन बनेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->