शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा एक दिवसीय एमेचर फुटसल प्रतियोगिता हुने

पोखरामा एक दिवसीय एमेचर फुटसल प्रतियोगिता हुने


  • ढोरपाटन सम्वाददाता
  • पुष २६ २०७७, आइतबार

पोखरा,२६ पुष–पोखरामा प्रथम एमेचर एक दिवसीय फुटसल प्रतियोगिता हुने भएको छ । कोरोना भाइरस महामारी पछि युवा खेलाडिको विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको हो । पोखरा लेकसाइ स्थित लेकसाइड एरिनामा हुने प्रतियोगिताको विजेताले नगद २० हजार रुपैँँया प्राप्त गर्ने छन भने उपविजेताले १० हजार रुपैँया प्राप्त गर्नेछन ।
‘विशेष गरी नयाँ खेलाडि उत्पादनमा सहयोग पु¥याउने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा कुनै पनि प्रोफेसनल खेलाडिको भने सहभागिता रहने छैन । यो एक दिवसीय प्रतियोगिता हो’ आयोजक सरोज योञ्जनले भने । प्रतियोगिताको उत्कृष्ट खेलाडि र उत्कृष्ट गोलरक्षकलाई पुरस्कार रहेको योञ्जनले जानकारी दिए । टिम दर्ता पुष २९ गते सम्म रहेको बताउँदै उनले हालसम्म १५ टिम दर्ता भइसकेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->