पोखरा,२६ पुष– महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीमा ‘सर्भिलेन्स भेइकल’ संचालनमा ल्याएको छ । बढ्दो सवारीचापको समयमा ट्राफिक प्रहरीको अनुपस्थितीमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरि कार्वाहि र न्युनिकरण गर्न सर्भिस भ्यान परिचालन गरेको हो । भ्यानमा सिसिटिभि जडान गरिएको छ जस्ले सवारीको निगरानी राख्नेछ ।
उपत्यकामा हुने सवारी चापलाई व्यवस्थापन गर्न भ्यान संचालनमा ल्याएको ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक जनक भट्राइले जानकारी दिए । सिसिटिभि जडिट भ्यानले २ सय मिटर सम्मको दृष्यलाई कैद गर्नेछ । दैनिक व्यस्त हुने समय र बढि सवारी चाप हुने समयमा सवारी भ्यान प्रयोग गरिएको उनले जानकारी दिए । यो नेपालमा पहिलो पटक प्रयोगमा आएको हो । भ्यानको प्रयोगले सवारी दुर्घटना, नियम उल्लंघनमा कमि आउने विश्वास लिइएको छ ।





