शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सफल पोखरा अन्तराष्ट्रिय म्याराथन नयाँ शैलीमा, महिला हाफ म्यारानथ समावेश

सफल पोखरा अन्तराष्ट्रिय म्याराथन नयाँ शैलीमा, महिला हाफ म्यारानथ समावेश


  • ढोरपाटन सम्वाददाता
  • पुष २७ २०७७, सोमबार

पोखरा, २७ पुष– यस वर्षको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन फरक शैलीमा हुने भएको छ । हरेक वर्षहरुमा झैँ आयोजना गरिने म्याराथन कोरोना भाइरसको कारण नयाँ शैलीमा गर्न लागिएको हो । यो वर्ष देखि महिला हाफ म्याराथन समेत हुने भएको छ । अघिल्लो संस्करण सम्म म्याराथन सहित १० कि.मी,५ किमी, ह्विल चियर तथा दृष्टिविहिन महिला र पुरुष दौड प्रतियोगिता फरक फरक मितिमा गरिने भएको छ । हरेक वर्ष एकै दिन गरिने प्रतियोगिता यो वर्ष भने फरक फरक मितिमा गरिएको भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । मुख्य इभेण्टको रुपमा रहेको पुरुष म्याराथन ४२.१९५ किलोमिटर र महिला हाफ म्याराथन (२१ किलोमिटर) फागुन १ गते हुने भएको छ । त्यस्तै ह्विल चियर र दृष्टिविहिन महिला पुरुष दौड फागुन २२ गते हुने छ । १० कि.मी दौड चैत्र १४ गते हुनेछ भने ५ किमी दौड बैशाख ५ गते हुनेछ । पुरुष म्याराथनको विजेताले नगद दुई लाख रुपैँया प्राप्त गर्नेछ भने उपविजेताले एक लाख तृतीय हुनेले ७५ हजार र सान्त्वना हुनेले २५ हजार रुपैँया प्राप्त गर्नेछन । महिला हाफ म्याराथन विजेताले १ लाख, उप विजेताले ७५ हजार, तृतियले ५० हजार र सान्त्वनाले १५ हजार रुपैँया प्राप्त गर्नेछन् । ह्विचियर तथा दृष्टिविहिन महिला पुरुषका विजेताले समान ७ हजार, उपविजेताले पाचँ तृतियले ३ हजार रुपैँया प्राप्त गर्नेछन । त्यसतै १० कि.मी विजेताले समान १५ हजार, उपविजेताले १० हजार र तृतिय हुनेले पाँच हजार रुपैँया प्राप्त गर्नेछन । त्यसतै छात्र÷छात्रा दौडका विजेता, उपविजेता एवम् तृतिय हुनेले क्रमशः १० हजार,७ हजार र ४ हजार रुपैँया प्राप्त गर्नेछन । यो वर्ष रन फर फन भने कोभिडको कारण स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->