शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जापानबाट सहारा एकेडेमीलाई जर्सी सहयोग

जापानबाट सहारा एकेडेमीलाई जर्सी सहयोग


  • ढोरपाटन सम्वाददाता
  • पुष २७ २०७७, सोमबार

पोखरा, २७ पुष– जापानी ग्रुपले सहारा एकेडेमी पोखराका खेलाडीहरुलाई जर्सी सेट सहयोग गरेका छन ।
जापानको सामाजिक संस्था एनपिओगोजो हिरोकी इकेदा ग्रुपले सहारा एकेडेमीका वालकहरुको लागि ४६ थान जर्सी सेट र २४ थान टिसर्ट हस्तान्तरण गरेको हो ग्रुपका नेपाल संयोजक रोशन तुलाधरले हस्तान्तरण गरेका हुन्। होकुतो कम्पनी लिमिटेड, इगुसी कम्पनी लिमिटेड र पेइवा कम्पनी लिमिटेडको प्रायोजनमा उक्त सहयोग प्राप्त भएको ग्रुपका नेपाल संयोजक तुलाधरले जानकारी दिए । सहारा एकेडेमी नेपालकै नमुना क्लवको रुपमा रहेकोले आफुहरुले सानो सहयोग गरेको उनको भनाइ थियो ।
क्लवका अध्यक्ष केशवबहादुर थापाले जापानबाट कलवलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै विभिन्न सहयोगी दाताको कारण एकेडेमी निरन्तर संचालनमा आएको बताए ।
सहारा एकेडेमीमा हाल करिब १३ जिल्लाका २३ वालकहरु रहेका छन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->