बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नम्बर ३ बाहिनीमा मनाइयो पृथ्वीजयन्ती

नम्बर ३ बाहिनीमा मनाइयो पृथ्वीजयन्ती


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७७, मंगलबार

तनहुँ, २८ पुस – तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीजयन्ती मनाईएको छ । नेपाली सेनाका संस्थापक समेत रहेका आधुनिक नेपालका परिकल्पनाकार पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै पृथ्वीजयन्ती मनाईएको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाईलीले इतिहासलाई कसैले बिर्सन नहुने बताईन् । उनले पृथ्वीजयन्तीका दिन मात्र नभएर हरेक दिन पृथ्वीनारायण शाहको चर्चा र सम्मान गर्नुपर्ने आवश्यता औल्याइन् । उनले भनिन्, ‘उहाँका दिव्य उपदेशको मनन गर्न सकेमा मुलुक बिकसित हुनेछ ।’
बाहिनीपति सहायकरथी कुमारबाबु थापाले रणनिती र कुटनितीको मामलमा पृथ्वीनारायण शाह अब्बल रहेको बताए । उनले नेपाली सेनाले राष्ट्रव्यापी रुपमा पृथ्वीजयन्ती मनाउँदै आएकोमा यसपाली कोरोनाको कारण स्थानिय तहसंग समन्वय गरी मनाएको जानकारी दिए ।
कार्यक्रममा साहायक बाहिनीपति महासेनानी उत्तम खड्काले पृथ्वीनारायणको जीवनीबारे प्रस्ट्याउनुभएको थियो । अघिल्लो महिना मात्रै बाहिनी परिसरभित्र पृथ्वीनारायणको पूर्णकदको शालिक अनावरण गरिएको थियो । सोमबार पृथ्वीजयन्तीको अवसरमा भएको कार्यक्रममा उक्त शालिकमा माल्यार्पण समेत गरिएको छ । यसैबिच पृथ्वीजयन्तीको अवसरमा शुक्लागण्डकी नगरपालिकाले पनि सार्वजनिक विदा दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->