शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एनसेल बाह्रखरी गल्फ माघ २४ गते पोखरामा हुने आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड

एनसेल बाह्रखरी गल्फ माघ २४ गते पोखरामा हुने आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७७, मंगलबार

पोखरा,२८ पुष– नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याउने उद्देश्यअनुरुप नियमितरुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा आयोजना गरिने भएको छ ।
बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखराको पर्यटन प्रवर्द्धनका लागि यसवर्ष पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
कोभिड–१९ ले संसारभरकै पर्यटन क्षेत्रलाई आक्रान्त पारेको वर्तमान अवस्थामा नेपालको पर्यटन क्षेत्र पनि अछुतो नरहेको र नेपालको पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउनसके यसले सम्पूर्ण पर्यटन क्षेत्रलाईनै उत्साहित र सकारात्मक गति दिने विश्वासका साथ यो वर्ष पोखरालाई ‘एनसेल बाह्रखरी गल्फ’को केन्द्रबिन्दु बनाइएको प्रधानले जानकारी दिए ।
पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले माघ २३ गते शुक्रबार साइकल ¥याली आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गल्फ प्रतियोगिता हिमालयन गल्फ कोर्समा फेब्रुअरी ६ तारिख अर्थात माघ २४ गते हुनेछ ।
जहाँ ७२ जना कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै होल इन वन गर्ने खेलाडीलाई हुन्ड्याई ग्रान्ड आइटेन नियोस उपहार राखिएको बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->