पर्वत, १ माघ– मौसम खराबीका कारण गोरखामा आकस्मिक अवतरण गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकोप्टर करिब २० मिनेटपछि पुनः पर्वत उडेको छ।
पर्वत आउन हिँडेको हेलीकोप्टर मौसम खराबीका कारण दिउँसो करिब १ बजे गोरखाको आँपपिपलमा आकस्मिक अवतरण गरेको थियो । करिब १ बजेर २० मिनेट जाँदा गोरखाबाट पर्वतका लागि पुनः उडान लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
पर्वतको फलेवास नगरपालिका—३ शंखरपोखरीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्न काठमाण्डौँबाट देउवा पर्वत हिँडेका थिए । उनी आज पर्वतमा शहीद तीवारी स्मृतिमा निर्माण गरिएको स्मृति भवन उद्घाटन गर्ने र श्रद्धाञ्जलि सभालाई सम्बोधन गरेर फर्किने गरी काठमाण्डौँबाट हिँडेका थिए ।





