काठमाडौं, १ माघ – नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको प्रभाव विदेशमा रहेका नेपालीहरुमा पनि पर्न थालेको छ । यसैविचमा प्रबासी नेपाली एकता मन्च, नेदर्ल्यान्ड्सको एघारौं बिस्तारित बैठक भर्चुयल माध्यमबाट सम्पन्न भएको छ। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा नेकपा केन्द्रिय सदस्य राजन भट्टराईको प्रमुख आतिथ्य र पुर्व युरोप उपसंयोजक पुष्प तिमल्सिनाको बिशेष आतिथ्यता भएको बैठकले जिम्मेवारी हेरफेर गरेको छ।
बैठकले मन्चंको सचिबमा कमरेड हेम कुमार भुजेललाई सर्वसम्मतले मनोनित गर्दै १९ सदस्यिय कमिटी बिस्तार गरेको छ। जसको अध्यक्षमा प्रेम काजी गुरुङ मनु, सचिवमा हेम कुमार भुजेल र सदस्यहरुमा टिकाराम सापकोटा, राजेन्द्र चापागाइ, बिनोद बस्नेत, उदय नेपाली, केशब राज पाण्डे, लक्ष्मण रिजाल, जोग गुरुङ, रबिन्द्र खड्का, कृष्ण गुरुङ, हरी बिष्ट, जयलाल सापकोटा, सुनिल गुरुङ, चन्द्र कुँवर, पूर्ण कंडेल, जीवन पुन मगर, नवराज खड्का बिनोद र डम्बर क्षेत्री रहेका छन् ।
बैठकले प्रधानमन्त्रि केपि शर्मा ओलिले आमनिर्वाचनमा जाने तथा लोकतान्त्रिक प्रकृया र पद्दतीबाटै बर्तमान अवस्थामा देखिएको समस्या हल हुने तथ्यका साथ उठाउनु भएको संसद विघटन ऐतिहासिक कदम पूर्णरुपमा संबैधानिक रहेको ठहर गर्दै एक्यबद्दता जाहेर गरेको छ।
प्रमुख अतिथी राजन भट्टराईले यस बैठकमा प्रवासमा रहेर पनि पार्टीलाई हरसम्भव सहयोग गर्न र पार्टीलाई उचाइमा पुर्याउन प्रबासी नेपाली एकता मन्चले देखाएको साहस र तत्परताको खुलेर प्रसंशा गरे । उनले प्रबास कमिटीको भूमिका पार्टीमा संधै महत्वपूर्ण रहने बताए ।पुर्व युरोप उपसंयोजक कमरेड पुष्प तिमल्सिनाले नेकपाका सतिसालहरु कहिल्यै बिचलित नहुने स्पस्ट पारे । करिब् ३ घण्टा चलेको बैठकमा मन्चका अध्यक्ष प्रेम काजी गुरुङ् मनुको अध्यक्षता र संस्थाका संस्थापक अध्यक्ष टिकाराम सापकोटाको सन्चालनमा समपन्न भएको थियो।





