शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाको कारण फरक शैलिमा कराते प्रतियोगिता

कोरोनाको कारण फरक शैलिमा कराते प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • माघ १ २०७७, बिहिबार

पोखरा, १ माघ– क्योकुसिन कान कराते संघ कास्कीको आयोजनामा दोस्रो गण्डकी प्रदेश स्तरीय क्योकुसिन कान कराते प्रतियोगिता सम्पन्न भएको छ ।
विगतका वर्षहरुमा माघेसंक्रातीको अवसर पारेर ढुङ्गेसाघुँमा आयोजना गरिने माछापुच्छे« फुल कन्याक्ट कराते तथा दोस्रो प्रदेश स्तरीय कराते प्रतियोगिता कोरोनाको कारण फरक तरिकाले पोखरा रंगशालामा सम्पन्न गरिएको छ । यस अघि ढुङ्गेसाघँुमा माघेसंक्रातीको अवसरमा लाग्ने मेलामा मुख्य आकर्षणको रुपमा रहेको र ऐतिहासिक मेलालाई विगत देखि लोकप्रियता बनाउँदै आएको फाइट भने कोरोनाको कारण स्थगित गरिएको छ ।
कोरोना भाइरसको जोखिमलाई ख्यालगर्दै संघले यो वर्ष खेलहरु परिमार्जित गर्दै प्रतियोगिता सम्पन्न गरेको क्योकुसिन कान कराते गण्डकी प्रदेश प्रमुख दिपक गोदारले जानकारी दिए । ‘हामीले यो वर्ष गेममा परिमार्जित गरेका छौ । कोरोनाको कारणले खेलाडिहरु फाइट गर्ने स्थिति छैन । फाइट गर्नलाई स्टामिनाको आवश्यक पर्छ र खेलाडिले प्रशिक्षण नगरेसम्म त्यो सम्भव छैन् । त्यसैले हामीले यो वर्ष स्थान र खेल परिवर्तन गरेका छौँ’ गोदारले भने ।
अघिल्लो वर्षसम्म फाइट काता हुने गरेपनि यो वर्ष भने काता, दौड, फिजिकल र डेमोस्टेसनमात्र प्रस्तुत गरिएको थियो । सम्पन्न प्रतियोगिताको ब्ल्याक बेल्ट लेभलको पेटि परिक्षा एकल पुरुष तर्फ विनोद नेगि प्रथम, सम्राट सेन द्धितीय तथा महिला तर्फ संगम कुमाल प्रथम र प्रिज्मा कुमाल दोस्रो हुन पुगिन । त्यसतै समुह महिला तर्फ संगम कुमाल, निर्मला क्षेत्री र सदीक्षा कुमाल प्रथम भए भने प्रिज्मा कुमाल, सुविना क्षेत्री र ममता छन्त्यालको टोली दोस्रो भए । पुरुष ३ किलोमिटर दौड प्रतियोगितामा सुनिल सिग्देल प्रथम र सितल कुमाल दोस्रो भए । महिला तर्फको दौडमा संगम कुमाल प्रथम र सदिक्षा कुमाल द्धितीय हुन पुगिन् । १२ वर्ष मुनिका एक सय मिटर दौडमा सोभित प्रत्यल प्रथम भए भने सुशान्त श्रेष्ठ दोस्रो हुन पुगे । सोहि विधाका महिला तर्फ भने सुआना श्रेष्ठ प्रथम तथा युइशा श्रेष्ठ द्धितीय हुन पुगिन् । उनीहरु सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->