बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नेपालमा कोभिडको खोप आपतकालिन प्रयोगका लागि अनुमति

नेपालमा कोभिडको खोप आपतकालिन प्रयोगका लागि अनुमति


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७७, शुक्रबार

काठमाण्डौ, २ माघ– सरकारले कोभिड विरुद्धको खोप प्रयोग गर्नलाई भारतीय कम्पनी सिरम इन्स्च्युटलाई तत्कालको लागि प्रयोग अनुमति दिएको छ । ुकोभिसिल्ड खोपको आपतकालीन प्रयोगका लागि आज बसेको बैठकले उत्पादक कम्पनीलाई अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

यसअघि औषधि ऐन २०३५ को तेस्रो संशोधन को दफा ९ क को कार्यान्वयनको लागि तथा कोभिड– १९ रोकथाम तथा नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा त्यस्ता निकायले अनुमति प्रदान गरेका खोपको उत्पादक सूचिकरण र खोपको आपतकालीन प्रयोगको लागि दर्ता गर्नलाई औषधि व्यवस्था विभागले सूचना जारी गरेको थियो ।

भारतबाट आयात गर्नको लागि सहज वातावरण निर्माण गरिएको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । उनले भने, ‘अहिले गरेको निर्णयले प्रि अर्डर गर्न मिल्छ । नेपाल भित्रका निजी तथा सरकारी औषधि कम्पनीलाई खोप आयात गर्न सहज हुने भएको छ ।’
कम्पनीले नेपालमा खोप प्रयोगको लागि अनुमति प्राप्त गरेको केसीको भनाई छ । अनुमति पाए पनि कति थान ल्याउने भन्ने बारे एकिन जानकारी नभएको उनले बताए । कम्पनीलाई चाँडो भन्दा चाँडो खोप आयात गर्नको लागि आग्रह गरिसकेको केसीले जानकारी दिए । उनका अनुसार सिरमले उत्पादन गरेको खोप दुई देखि आठ डिग्रीसम्मको तापक्रममा राख्न मिल्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->