शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

स्थानीय रेडियोसँग सहकार्य गरेर अघि बढ्छौं : मन्त्री गुरुङ

स्थानीय रेडियोसँग सहकार्य गरेर अघि बढ्छौं : मन्त्री गुरुङ


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७७, आइतबार

पोखरा, ४ माघ– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङले प्रदेश सरकार स्थानीय रेडियोसँग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताएका छन् । सुचनाको संवाहक संचारमाध्यमले सधै निश्पक्ष भएर विचार राख्न दिनुपर्नेमा जोड दिँदै गुरुङले सरकार स्थानीय सञ्चारमाध्याम सँग सधैं सहकार्यको पक्षमा रहेको बताए । नेपालका स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल बान को १७ औ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा गुरुङ पोखरामा बोल्दै थिए । राज्यको चौथो अंग एक व्यक्ति वा संस्थाको आग्रह पुर्वाग्रहमा नलागि अगाडी बढेमा मात्र आम नागरिकलाई सहि सुचना प्रवाह गर्न सक्नेमा उनको भनाई । गण्डकी प्रदेशको आम सञ्चार नीतीको मस्यौदा अन्तिम चरण पुगेको हुँदा अव छिटै संसदमा लैजाने बताए । संस्थाका संस्थापक अध्यक्ष शिवलाल मल्लले १६ वर्ष अगाडी पोखराबाट केही सिमित रेडियोबाट सुरु भएको संस्थाले आज प्रदेशभरका रेडियो समेट्न सकेकोमा खुसी व्यक्त गरे ।
पुर्व अध्यक्ष विष्णुहरि ढकालले राज्यको व्यवस्था परिवर्तनमा रेडियो महत्वपूर्ण भुमिका रहेको बताए । ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल बानका निर्वतमान अध्यक्ष गोपाल कुमार झाले आउने पुस्ताको बारेमा सोच्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->