तनहुँ, ५ माघ– आमा समुहको सक्रियतामा ५० लाख रुपैयाँ लगानी गरेर सामुदायिक भवन निर्माण गरिएको छ । नवज्योति आमा समुह शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीले बहुउदेश्यिय भवन निर्माण गरेको हो ।
५० लाख १ हजार ८ सय २९ रुपैयाँमा निर्माण सम्पन्न भएको भवनमा गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रलाय, शहरी भवन विकास कार्यालय गोरखाबाट २० लाख रुपैयाँ र शुक्लागण्डकी नगरपापालिकाले ८ लाख रुपैयाँ अनुदान प्राप्त भएको आमा समुहकी सचिव अस्मिता खनालले जानकारी दिइन् । उनका अनुसार वाँकी रकम नवज्योति आमा समूह र गाछेपानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले लगानी गरेका हुन् ।नवनिर्मित भवनको गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले उद्घाटन गरेकी छन् ।





