शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुख्यमन्त्रीकप जिल्ला महिला पुरुष भलिबल प्रतियोगिता हुने

मुख्यमन्त्रीकप जिल्ला महिला पुरुष भलिबल प्रतियोगिता हुने


  • ढोरपाटन सम्वाददाता
  • माघ ६ २०७७, मंगलबार

पोखरा, ६ माघ– कास्की जिल्ला भलिबल संघको आयोजनामा गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
मंगलबार प्रतियोगिताबारे जानकारी दिदैँ प्रतियोगिता संयोजक खगेन्द्र गौचनले ‘गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिल्ला स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०७७’ गर्न लागिएको बताए । भलिबल खेलमार्फत पर्यटन प्रवद्र्धन गर्दै पोखरालाई खेलकुद सहरको रुपमा स्थापित गर्नको लागिपनि यो प्रतियोगिता गर्न लागिएको हो’ उनले भने ।
नवौँ राष्ट्रिय खेलकुद लक्षित प्रतियोगिताले खेलाडीमा थप हौसला प्रदान गर्ने विश्वास लिइएको छ ।
प्रतियोगिताबाट गण्डकी प्रदेशको उत्कृष्ट टिम तयार पार्ने उनले बताए ।
प्रतियोगताबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।

प्रतियोगिताको प्रथम हुने महिला र पुरुष दुबैले समान दुई–दुई लाख रुपैँया तथा उपविजेताले समान एक–एक लाख रुपैँया एवम् तृतिय हुनेले नगद ५० हजार रुपैँयाको साथमा कप, मेडल र प्रमाणपात्र प्राप्त गर्नेछन । यस्तै प्रतियोगिताको विधागत उत्कृष्ट महिला पुरुष दुवैले समान पाँच हजार रुपैँयाको साथमा कप र प्रमाणपत्र प्रदान गरिने छ ।
आगामी फागुन ४ गते देखि ८ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा प्रदेशका ११ जिल्लाका महिला पुरुष गरी २२ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिता संचालनको लागि करिब ५४ लाख ३४ हजार ८ सय रुपैँया खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताबाट ५५ लाख रुपैँया आम्दानी तथा ६५ हजार २ सय रुपैँया बचत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->