शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

चुनावै भए पनि त्यो संवैधानिक हुन्न : कांग्रेस वरिष्ठ नेता पौडेल

चुनावै भए पनि त्यो संवैधानिक हुन्न : कांग्रेस वरिष्ठ नेता पौडेल


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७७, बिहिबार

पोखरा, ८ माघ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव घोषणा नै असंवैधानिक भएको प्रधानमन्त्री केपी ओलीको चुनाव घोषणा कसरी संवैधानिक हुन्छ भन्ने प्रश्न गरेका छन् । ‘जुन परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभयो नि, त्यो चुनाव नै गर्न हो भनेर कुनै तर्कले पुष्टि गर्दैन’, बुधबार पौडेलले भने,‘ प्रचण्ड बहुमत हुँदाहुँदै, चुनावबाट पाउनेपर्ने सबै पाउनु भएको छ अनि त्यस्तो बेला बेला किन चुनाव चाहिन्छ, कसरी पत्याउने रु ’ केपी ओलीले निर्वाचित तानशाह बन्ने बाटोमा हिँडेको उनको आरोप छ ।
सडकमा आएका अन्य पार्टीहरुसँग किन कांग्रेसले सहकार्य गर्दैन भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले नेकपा र जसपाहरु सिद्धान्तमा प्रष्ट नभएकोले समस्या आएको बताए । नेकपा आधिकारिक रुपमा नफुटेको र जसपाले कार्यकारी राष्ट्रपति खोजेकोले पनि सहकार्य नभएको उनले जिकिर गरे । उनले अदालतले नै असंवैधानिक कदमविरुद्ध निर्णय गर्छ भन्ने विश्वास भएकाले पनि संयुक्त आन्दोलन आवश्यक नभएको पनि जिकिर गरे । आन्दोलनको लागि आन्दोलन नै गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस नभएको बताए ।
जीवनभर सडकमै बस्ने र पुलिसको लाठी कहिल्यै नछुटेको बताउँदै उनले
चुनाव त लोकतन्त्रवादीको लागि राम्रो कुरा भए पनि चुनाव हुने निश्चित नभएको पनि दोहो¥याए । ‘कानूनी राज्यलाई हामी मान्छौँ, लामो संघर्ष गरेर राजनीतिक र सामाजिक व्यवस्था ल्यायौँ, आज त्यसलाई भत्काउने काम भयो । संविधानमाथि भएको आक्रमणलाई कसरी बचाउने भन्ने पहिलो प्राथमिकता हो’, उनले भने,‘ लोकतन्त्र रक्षा हाम्रो उदेश्य हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको अधिकारलाई मेरो अधिकार भन्दै संसद भंगको सिफारिस गरेपछि देशमा गम्भीर परिस्थिति सृजना भएको र संविधान नमान्ने काम गरेको उनको आरोप थियो । ‘देशको राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीले नै संविधान नमान्ने देखिएपछि देश निरंकुशतातर्फ जान थालेको कांग्रेसको ठहर हो’, उनले भने ।
आफ्नो पार्टी सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले कार्यगत रुपले केही कमजोरी भए पनि आन्दोनलप्रति कांग्रेसमा एकमत रहेको बताए ।
‘केही साथीहरुले हिच्किचाहट गर्नुभयो, चुनाव भनिहाले, कम्युनिष्ट पार्टीको बहुमत छ, चुनावमा गए राम्रै हुन्छ भन्ने ठान्नुभयो’,उनले संसद पुनःस्थापनाबारे पार्टीमा देखिएको विवादबारे भने,‘अहिलेको पद्दतिलाई राखेर नै चुनावमा जानुपर्छ, हामी लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले व्यवस्था नै माँसेर चुनाव भन्ने हुुँदैन ।’ उनले सत्तारुढ नेकपाभित्र देखिएको विवादबारे के गर्ने भन्नेबारे केद्रीय समितिले एउटा निर्णय लिनुपर्छ भन्नेमा आफू स्पष्ट भएको उनले दोहो¥याए । प्रतिपक्षी भएकाले सरकारको विपक्षमा जानु नै आफ्नो कर्तव्य भएको पनि उनले बताए ।
उनले नेपाली कांग्रेसको महाधिवेशन जेठसम्म नभए वैधानिकता नै संकटमा पर्ने उनले बताए । आउँदो महाधिेशनमा उम्मेदवारी दिनेबारे उनले आफू सामूहिक नेतृत्वको पंक्षपाति भएको जिकिर गर्दै कसले नेतृत्व गर्नेबारे छलफल सुरु भएको बताए । उनले आफूलाई के भूमिका दिइन्छ त्यही गर्न तयार रहेको पनि जिकिर गरे । पार्टी सभापति शेरबहादुर देउवा पछिल्लो समय आफूप्रति लचिलो भएका हुन् भन्ने प्रश्नमा कार्यशैलीमा आफू र देउवाबीच विमति कायमै रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->