पोखरा,९ माघ–विश्व कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पोखरामा प्रशिक्षण सुरु गरेका छन् । बिहीवार साझँ पोखरा आइपुगेका टोलीले शुक्रवार देखिनै प्रशिक्षण सुरु गरेका हुन् । ३५ खेलाडी सहितको ४४ जनाको आएको टोली आगामी २१ गतेसम्म पोखरामा प्रशिक्षण गर्नेछन् ।
घरेलु मैदानमा हुने छनोट खेलका लागि टोलीले करिब २ साता पोखरामा प्रशिक्षण गर्नेछन् । उनीहरु यस अघि दशरथ रंगशालामा प्रशिक्षण गरिरहेको टोली पुर्व योजना अनुसार नै पोखरा आएका हुन् । यस अघि यु–१८ र महिला राष्ट्रि टोली पोखरा आइसकेका छन् । यी बाहेक पोखरा अन्तराष्ट्रि फुटबल मैदानमा १३ औँ साग महिला फुटबल प्रतियोगिता समेत सम्पन्न भइसकेको छ । मैदान बने लगत्तै पोखरामा ठुला प्रतियोगिता हुन थालेका छन्




