शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१५ औँ सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनको तयारी तीव्र

१५ औँ सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनको तयारी तीव्र


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०७७, मंगलबार
फाईल तस्विर

पोखरा, १३ माघ–अन्तराष्ट्रिय स्तरको सिटि म्याराथन अवधाराना अनुरुप पर्यटकीय सहर पोखरामा हुने सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनको तयारी ती्रब पारिएको छ ।
फागुन १ गते पोखरामा हुने म्याराथनमा यो वर्ष महिला हाफ म्याराथन समेत समाबेश गरिएको छ । सिटि म्याराथनको अवधारणा र पोखरा म्याराथनलाई विश्व म्याराथन संग जोड्ने लक्ष्यका साथ महिला म्याराथन पनि जोडिएको हो ।
सन् २००२ बाट सुरु गरिएको म्याराथन १५ औ संस्करणको रुपमा मनाउन लागेको आयोजक भुतपूर्व खेलाडी मञ्चले जानकारी दिएको छ । आयोजकका अनुसार देश तथा विदेशमा भइरहेका कोभिडको प्रभावलाई मध्यनजर गर्दै यस संस्करणमा विभिन्न विधाहरुलाई छुट्टा छुट्टै दिनहरुमा गर्ने गरि बिभाजन गरिएको छ । जस अनुसार पुरुष म्याराथन (४२.१९५किमि) म्याराथन र महिला हाफ म्याराथन (२१ किमि) फागुन १ गते शनिवार हुने भएको छ । ह्वीलचेयर तथा दृष्टिविहिन महिला र पुरुष दौड फागुन २२ गते, १० किमिमहिलारपुरुष दौड चैत्र १४ गते र ५ किमि छात्ररछात्रा दौड २०७८ वैशाख ४ गते हुनेछ । पोखरा म्याराथनको मुख्य मुख्य प्रायोजन सफल दुधले गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->