बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बागलुङमा पहिलो दिन ११७ जनाले लगाए खोप

बागलुङमा पहिलो दिन ११७ जनाले लगाए खोप


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०७७, बुधबार
फाईल तस्विर

बागलुङ, १४ माघ– बागलुङमा बुधबारबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको खोप पहिलो दिन १ सय १७ जनालाई लगाईएको छ । बागलुङ नगरपालिका, धौलागिरी अस्पताल, काठेखोला, बडिगाड र बरेङ गाउँपालिकाका स्वास्थ्यकर्मिले खोप लगाएका हुन् । धौलागिरि अस्पतालका ४५ जना, बागलुङ नगरपालिकाका ६९ जनालाई कोरोना खोप लगाईएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । काठेखोला, बडिगाड र बरेङका १÷१ जनालाई यो खोप लगाईएको छ । पहिलो दिन ४७ पुरुष र ७६ महिलाले कोरोना विरुद्धको खोप लगाएको घिमिरेले जानकारी दिए । पहिलो चरणमा बागलुङमा १ हजार ७ सय १४ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । आगामि माघ २४ गतेसम्ममा पहिलो चरणमा सूचिकृत भएका सबैलाई खोप लगाईने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->