शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१९ औँ आहा ! रारा गोल्डकप चैतमा

१९ औँ आहा ! रारा गोल्डकप चैतमा


  • विजय नेपाली
  • माघ १७ २०७७, शनिबार

पोखरा, १७ माघ– सहारा क्लब पोखराको आयोजनामा हुने आहा ! रारा गोल्ड कपको १९ औँ संस्करण चैतको तेस्रो साता देखि हुने भएको छ ।आगामी चैत्र १७ गते देखि २८ गते सम्म हुने मोफसलकै लोकप्रिय तथा गण्डकी प्रदेशकै ठुलो नकआउट फुटबल प्रतियोगिताको मिति तय भएको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगिताको पुरस्कार राशि र सहभागी टिमको भने टुङ्गो लागेको छैन् । प्रतियोगितामा आयोजक सहारा क्लब पोखरा सहित, विभागीय टिम, ए डिभिजनका क्लब तथा मोफसलका क्लबको सहभागीता रहने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजन हिमश्री फुड्स प्रा.लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । सर्वोत्कृष्ट खेलाडीको प्रायोजन भने अप्रिला स्कुटरले गरेको छ । अफिसियल बैंकमा लुम्बिनी विकास बैंक, फेयर प्ले पुरस्कार प्रायोजक रोयल इन्फिल्ड बुलेट बाइक, सर्वाधिक गोलकर्ता पुरस्कार सनराईज ड्राइभिङ स्कुल प्रा.लि., अफिसियल होटल पार्टनर होटल वेयन भेनु, लल्र्ड लिङ्ग,सिताज् रहेका छन् । प्रतियोगिताबाट १ करो ३० लाख १ हजार रुपैँया आम्दानी तथा १ करोड १ लाख ८१ हजार खर्च हुने गरिएको छ । सहारा एकेडेमी संचालनार्थ आयोजना गरिने प्रतियोगिता एकेडेमी संचालनको मुख्य आयस्रोत हो । हाल तेस्रो ब्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->