शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

डराउनेहरुबाट चुनावको विरोध : मन्त्री अर्याल

डराउनेहरुबाट चुनावको विरोध : मन्त्री अर्याल


  • हिमलाल पराजुली
  • माघ १८ २०७७, आइतबार

हरिनास, १८ माघ- कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले जनता माझ जाने प्रधानमन्त्रीको निर्णय लोकतान्त्रिक भएको बताएकी छन् । हरिनास गाउँकमिटीले आयोजना गरेको कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन । निर्वाचनसँग डराउने केही तत्वहरुले निर्वाचनको विरोध गरेको बताउदै मन्त्री अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीको जनतामाझ जाने कुरालाई अलोकतान्त्री भनेर बिरोध गर्नेहरु नै अलोकतान्त्रिक भएको बताइन् ।
नेकपा समुन्द्र भएको बताउँदै मन्त्री अर्यालले भनिन,‘प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा समुन्द्र हो । समुन्द्रमा एक लोटा पानी कसैले झिक्दैमा समुन्द्र सुक्दैन ।’
मन्त्री अर्याल पार्टीमा भएका समस्याहरुलाई पार्टी भित्रै रहेर समाधान गर्न सकिने अवस्था हुदाहुदै नेताहरुले पदको लोभमा परेर प्रधानमन्त्रीलाई असफल बनाउने मनसायका साथ घेराबन्दी गर्दा अहिले नेकपामा केही समस्या आएको पनि बताइन् ।आगामी वैशाख १७ र २७ गतेको लागि तोकिएको निर्वाचन भएरै छाड्ने बताउदै कार्यकर्ताहरुलाई एकताबद्ध भएर चुनावको तयारीमा जुटनसमेत आग्रह गरिन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->