शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

संवैधानिक आयोगका पदाधिकारीहरूले लिए सपथ

संवैधानिक आयोगका पदाधिकारीहरूले लिए सपथ


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०७७, बुधबार

काठमाण्डौ, २१ माघ– विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् ।

संवैधानिक परिषदबाट सिफारिस भएकाहरुले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट सपथ ग्रहण गरेका हुन् । जबराले आयोगका अध्यक्षहरुलाई र सम्बन्धित आयोगका अध्यक्षले सदस्यहहरुलाई शपथ खुवाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख प्रेमकुमार राई, मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर लगयातलाई प्रधानन्यायधीश राणाले सपथ ग्रहण गराएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
गत मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जनाको नियुक्तिका लाग सिफारिश गरेको थियो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण उनीहरुले संसदीय सुनुवाइको सामना गर्नु परेन ।

संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->