शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लोकतान्त्रिक खेलकुद संघ प्रदेश संयोजकको घोषणा, केन्द्रिय कार्यसमितिमा पुरानै अनुहार

लोकतान्त्रिक खेलकुद संघ प्रदेश संयोजकको घोषणा, केन्द्रिय कार्यसमितिमा पुरानै अनुहार


  • विजय नेपाली
  • माघ २१ २०७७, बुधबार

पोखरा, २१ माघ– खेलकुदमा निस्क्रिय रहेको कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको सातवटै प्रदेशमा संघको संयोजनक घोषणा गरिएको छ ।
निस्क्रिय खेल संघलाई सक्रिय बनाउने लक्ष्य सहित प्रदेश संयोजकहरु मनोनयन गरिएको हो । बुधबार पोखरामा एक कार्यक्रमका बिच प्रदेश संयोजकहरुको घोषणा गरिरहँदा केन्द्रिय कार्य समितिमा भने उही पुरानै अनुहारहरु देखिएका छन् । यस अघि समेत अध्यक्ष रहका देवेन्द्रकुमार शेरचनकै अध्यक्षताको कार्यसमितिलाई नै केन्द्रिय कमिटिमा अघि बढाईको छ ।
संघको प्रदेश संयोजक अन्तर्गत गण्डकी प्रदेशमा हरीश्वर पोखरेल, प्रदेश १ मा बसन्तराज अर्याल, प्रदेश २ मा बैजनाथ यादव, बाग्मती प्रदेशमा दिपक गुरुङ, लुम्बिनी प्रदेशमा नरेन्द्र थापा, कर्णालीमा हरीबहादुर विष्ट र सुदुपश्चिममा श्याम विष्टलाई मनोनित गरिएको हो ।
संघको केन्द्रिय कार्य समितिको उपाध्यक्षमा विजेन्द्र हमाल(नेपालगञ्ज), महासचिव सुवोध प्रधान(चितवन), सचिव विरबहादुर खड्का(सिन्धुपाल्चोक), बखतबहादुर शाही(हुम्ला), मनिष जोशी(काठमण्डौं) र कोषाध्यक्ष दशरथ रिमाललाई मनोनित गरिएको छ ।
सदस्यहरुमा दानबहादुर पाल (डडेलधुरा), सूर्यबहादुर खड्का (सिन्धुपाल्चोक), हरिबहादुर विष्ट (सुर्खेत), तिलकराम पौडेल (स्याङ्जा), जगत तामाङ (बर्दिया), बीरबहादुर खड्का (सिन्धुपाल्चोक), रविमहर्जन (ललितपुर), पञ्चबहादुर तामाङ ‘विजय’ (काठमाडौं), बच्चन कार्की, पंकज पाण्डे (बारा), जयगोपाल श्रेष्ठ (नवलपरासी), छिरिङ फन्जु लोप्न (रसुवा), अमर पुन (रुपन्देही), मिनबहादुर घले (नवलपुर), राजीव बस्नेत (काठमाडौं), मनराम शाही (कालिकोट), राजेश गुरुङ (कास्की), देव कोइराला (सिन्धुपाल्चोक), विश्व गुरुङ (स्याङ्जा), श्याम विष्ट (कैलाली), राजेशमान श्रेष्ठ (सुनसरी), शेरजंग गुरुङ (तनहुँ), थमन गुरुङ (संखुवासभा), नेपाल कार्की (रौतहट), सरोज सिं (बझाङ), धरम लामिछाने (कास्की) र डम्बर लिम्बु (ताप्लेजुङ) रहेका छन् ।
घोषणासभामा बोल्दै लोकतान्त्रिक खेलकुद संघका विभाग प्रमुख तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निस्क्रिय रहेको संघ अब जाग्ने बताए । खेल संघलाई गतिशिल बनाउँदै देशका युवाहरुलाई समेट्न लागेको उनको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->