शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

माछापुच्छ«े बक्स क्रिकेट प्रतियोगिता फागुन १ गते देखि

माछापुच्छ«े बक्स क्रिकेट प्रतियोगिता फागुन १ गते देखि


  • विजय नेपाली
  • माघ २२ २०७७, बिहिबार

पोखरा, २२ माघ– माछापुच्छ«े क्रिकेट एकेडेमीको आयोजनामा फागुन १ गते देखि बक्स क्रिकेट (टेनिस बलबाट खेलिने क्रिकेट) प्रतियोगिता हुने भएको छ । लेखनाथमा एकेडेमी संचालन र प्रतियोगिता एकैसाथ हुन लागेको हो ।
लेखनाथ महोत्सव संचालन हुने मैदानमा १० लाखको लागतमा निमार्ण गरिएको एकेडेमी पनि आगामी फागुन १ गते देखि व्यवसायिक रुपमा संचालनमा आउन लागेको हो भने । एकेडेमीले पहिलो पटक नै नेपालमा बक्स क्रिकेट प्रतियोगिताको समेत आयोजना गर्न लागेको माछापुच्छ«े एकेडेमीका संचालक अरुण पौडेलले जानकारी दिए । लेखनाथमा क्रिकेटको विकास गर्दै सोहि क्षेत्र र आसपासका जिल्लाबाट समेत खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ एकेडेमी संचालनमा आएको उनले जानकारी दिए । यस्तै प्रतियोगिताको बारे जानकारी दिदैँ दीपेश खत्रीले ब्याट्सम्यानको उत्पादन गर्न प्रतियोगिताको आयोजना गर्न लागेको बताए । बिहिवार आयोजित पत्रकार सम्मेलनमा एकेडेमी र प्रतियोगिताबारे जानकारी दिदैँ खत्रीले प्रतियोगितामा दुई जिल्ला स्तरीय खेल खेलेका दुई खेलाडीलाई राख्न पाउने बताए ।
यो सामान्य क्रिकेट भन्दा केहि भिन्न हुन्छ । बक्स क्रिकेटका केहि नियम भने फरक रहेका छन् । उक्त क्रिकेटमा सिधा अर्थात स्टे«ट प्रहार गरेको छक्का मात्र मान्य हुन्छ भने अन्य क्षेत्रमा गएको छक्का मान्य हुने छैन् । अन्य क्षेत्रमा फालिएको छक्का भने आउटमा गनिने छ । फागुन १ गते देखि ४ गते सम्म लेखनाथ–२७ स्थित माछापुच्छ«े क्रिकेट एकेडेमीमा संचालन हुने एकेडेमीका संचालक अरुण पौडेलले जानकारी दिए ।
हालको प्रदेशसभा भवन रहेको स्थानमा रहेको एकेडेमीले लेखनाथमा नयाँ एकेडेमी संचालन गरेको हो । उनले नेपालमा विस्फोटक ब्याट्सम्यान र ग्राउन्ड सट खेलाडीको अभाव रहेको र एकेडेमीले सोहि अनुसारको खेलाडी उत्पादन गर्नका लागि आयोजना गर्न लागेको बताए । प्रतियोगिता एकेडेमीको वार्षिक क्यालेन्डरमा समेत राखिनेछ । ‘हामीले पहिले नदिपुरमा सिकाउँदा लेखनाथ भिमाद देखि समेत खेलाडी आउने गर्थेँ । टाढा टाढाबाट आउने र लेखनाथका खेलाडी समेत धेरै थिए त्यसैले पनि लेखनाथमा खोलेका हौँ’ उनले भने ।
यस्तै खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले खेलनाथले समेत खेलकुदमा भुमिका खोज्दै छ भन्ने प्रमाणीत गरेको बताए । कास्कीमा धेरै एकेडेमी खोलेपनि निरन्तरता दिएको स्मरण गर्दै उनले संचालनमा आउन लागेको एकेडेमी भने निरन्तर संचालनमा ल्याउन शुभकामना व्यक्त गरे । एकेडेमी सञ्चालन गर्न आर्थिकभार हुने हुदाँ खेलाडी उत्पादनमा समेत समस्या आउने गरेको उनले बताए ।
प्रतियोगिताका लागि हालसम्म १२ टिमले सहभागिता जनाइसकेको उनले आयोजकले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ३२ हजार र उपविजेताले १६ हजार रुपैँयाका साथमा ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान दुई हजार पाँच सय रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता संचालन गर्न करिब डेढलाख रुपैँया लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->