बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घाँसीकुवा दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

घाँसीकुवा दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०७७, शुक्रबार

तनहुँ, २३ माघ– तनहुँमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका–८ का २२ बर्षीय गोविन्द मगर रहेका छन् ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा दुर्घटना भएको हो । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते मगरको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताए । मोटरसाइकलमा सवार एक महिला र बच्चाको अवस्था सामान्य रहेको उनको भनाई छ ।
सिमसिम पानी परेकाले मोटरसाइकल चिप्लिएर लडेको प्रहरीको भनाई छ । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल पल्टिएपछि बा ४ ख ८९१६ नम्बरको बसमा ठोक्किएको थियो । शुक्रबार यस बर्षको हिउँदमा पहिलोपटक बर्षात भएको छ । सिमसिमे बर्षाका कारण सडकको धुलो हिलोमा परिणत हुदाँ सवारी यात्रामा कठिनाई भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->