बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

निशुल्क स्वास्थ्य शिविरमा पुरुषलाई नियोजन सेवा

निशुल्क स्वास्थ्य शिविरमा पुरुषलाई नियोजन सेवा


  • ढोरपाटन सम्वाददाता
  • माघ २६ २०७७, सोमबार

नवलपुर, २६ माघ – बुलिङटारमा आइतबार भएको निशुल्क स्थायी बन्ध्याकरणमा पनि पुरुषले मात्रै परिवार नियोजनको सेवा लिएका छन् । पहाडी गाउँपालिका बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा ५ जना पुरुषले भ्यासेक्टोमी सेवा लिएका हुन् ।
यस्तै, शिविरमा आएकामध्ये ११ जना महिलाले अस्थायी साधन ईम्प्लाण्ट सेवा लिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका परिवार नियोजन सुपरभाईजर बीरबहादुर श्रेष्ठका अनुसार ५ जना महिलाले यसअघि प्रयोग गरेको अस्थायी साधन शिविरमा पुगेका स्वास्थ्यकर्मीको सहायताले निकाल्ने सेवा लिएका छन् ।
अहिलेसम्म १ सय ५३ जनाले निशुल्क स्थायी बन्ध्याकरण सेवा लिएका छन् । ८२ जना पुरुषले भ्यासेक्टोमी र ७१ जना महिलाले मिनील्याप सेवा लिएका छन् ।
अब अर्को शिविर मंगलबार बुलिङटारकै कोटथर स्वास्थ्य चौकीमा हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
नवलपुरमा कोभिड बिरुद्धको खोप लागाउनेको संख्या ९ सय ६० नवलपुरमा कोभिड बिरुद्ध खोप लगाउनेको संख्या ९ सय ६० पुगेको छ । शनिवार १८ जनाले खोप लगाएसँगै कोभिड बिरुद्धको खोप लगाउनेको संख्या ९ सय ६० पुगेको हो ।
पहिलो चरणको पहिलो मात्रा खोप लगाएकाले खोप लगाएको मितिले १ महिनापछि अर्को मात्रा लिनुपर्ने स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
जिल्लामा १ सय १७ भायल खोप आएकामा ९७ भाएल खोप खपत भएको छ । १ भाएल खोप खेर गएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->