शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

टाइगर कप भलिबल प्रतियोगिता : पुलिस र न्यु डायमण्डको जित

टाइगर कप भलिबल प्रतियोगिता : पुलिस र न्यु डायमण्डको जित


  • विजय नेपाली
  • माघ २७ २०७७, मंगलबार

पोखरा, २७ माघ–टाइगर ग्रुप अफ पोखराको आयोजनामा मंगलबारदेखि टाइगर कप आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिता अन्तर्गत मंगबार सम्पन्न खेलमा महिला तर्फ नेपाल पुलिस क्लब र न्यु डायमण्डले जित हात पारेका छन् भने पुरुष तर्फ नेपाल पुलिसले जित हात पारेको छ ।
मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेल पुरुष तर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै जितको सुरुवात गरेको छ ।
नयाँ खेलाडीको साथमा मैदान उत्रिएको गण्डकी प्रदेश अनुभवि तथा राष्ट्रिय खेलाडीले भरिएको पुलिस क्लबको सामु निरीह हुन पुग्यो । पहिलो सेट निकै रोमाञ्चक बनेपनि दोस्रो र तेस्रो सेटमा भने गण्डकी प्रदेशले गतिलो प्रदर्सन गर्न सकेन । पुलिसले गण्डकी प्रदेशलाई २७–२५, २५–२१ र २५–२२ को सोझो सेटमा हराएको हो ।
महिला तर्फको पहिलो खेलमा नेपाल पुलिसले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–० कै सोझो सेटमा हराएको छ । पुलिसले एपिएफलाई २६–२४,२५–२२ र २५–११ को सोझो सेटमा हराएको हो । दोस्रो खेलमा होङ्ग्वान्जी न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराएको छ । डायमण्डले २५–२२,२२–२५,१८–२५,२७–२५ र १५–२५ को सोझो सेटमा हराएको हो ।
प्रतियोगिताको विजेताले समान एक लाख ५० हजार तथा उपविजेताले समान ७५ हजार प्राप्त गर्नेछन् ।

तेस्रो हुनेले समान ३५–३५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको सान्त्वना टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, डिफेन्डर र स्पाइकरले समान ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->