पोखरा, २७ माघ– जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना भएको फुटसल प्रतियोगिताको उपाधी इलाका प्रहरी कार्यालय शिसुवाले हात पारेको छ । इलाका प्रहरी कार्यालय शिसुवाले वडा प्रहरी कार्यालय रामबजारलाई हराउँदै उपाधी हात पारेको हो । ‘अ न्यु बिट टु वाल्क’ अन्तर्गत स्वास्थ्य, अनुशासन,एकता र सद्भावको लागि खेलकुद भन्ने नाराका साथ कास्की प्रहरीले आफ्नो मातहातमा रहेको प्रहरी कार्यालय बिच प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । विजेता तथा उपविजेतालाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार प्रदान गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले विजेता तथा उपविजेता सहित फुटसल मैदान उपलब्ध गराउँने स्पोट्र्स क्यासललाई धन्यवाद तथा शुभकामना दिएका थिए ।




