शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कांग्रेसको विरोधसभा कालिकाचोकमा

कांग्रेसको विरोधसभा कालिकाचोकमा


  • ढोरपाटन सम्वाददाता
  • माघ २८ २०७७, बुधबार

पोखरा, २८ माघ– संसद विघटन विरुद्ध नेपाली कांग्रेस, कास्कीले फागुन ३ गते पोखरा २६ कालिका चोकमा विरोधसभा गर्ने भएको छ । कास्की कांग्रेसको मंगलबारको बैठकले पोखराका विभिन्न पाँच स्थानबाट प्रदर्शनपछि कालिकाचोकमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
विरोध सभाअघि वडा नं. १, २, ३, ४, ९, १६, १९ र २० का साथै माछापुच्छ«े गाउँपालिकाको ¥याली पार्टी कार्यालय चिप्लेढुंगाबाट निस्कनेछ । वडा नं. १८, २४, २५, १७, ५, ६, ७, ८, २१, २२, २३ र अन्नपूर्ण गाउँपालिकाको ¥याली पोखरा जिरोकिलोमिटरबाट सुरु हुनेछ । त्यस्तै, वडा नं. ११, १२, १३ र मादी गाउँपालिकाको ¥याली मियाँपाटन, वडा नं. १०, १४ र १५ को ¥याली अमरसिंहचोकबाट निस्कनेछ । साथै, पोखरा वडा नं. २७, २९, ३०, ३१, ३२, ३३ र रुपा गाउँपालिकाको ¥याली अर्घौंचोकबाट सुरु हुनेछ । पोखरा २८ र २६ को ¥याली सिधै कालिकाचोक पुग्नेछ ।
बैठकले प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउन पोखराका ३३ वटै वडामा जिल्लाका प्रतिनिधिहरु खटाएको छ । विरोधसभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->