बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मातृशिशुमा दिइएन जोखिम भत्ता

मातृशिशुमा दिइएन जोखिम भत्ता


  • ढोरपाटन सम्वाददाता
  • माघ २८ २०७७, बुधबार

पोखरा, २८ माघ– पोखराको लामाचौरमा रहेको मातृशिशु मितेरी अस्पताल का चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् । हालै प्रदेश सरकारमातहतमा आएको यो अस्पतालका चिििकत्सक र कर्मचारीले जोखिम भत्ता नपाएको भन्दै आन्दोलन थालेका हुन् ।
अस्पतालका झन्डै ८० जना बढी स्वास्थ्यकर्मी र कर्मचारीहरुले कोभिड–१९ को जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । स्वास्थ्यकर्मीहरु आन्दोलित बनेपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले भत्ता दिने प्रक्रिया सुरु गरेको जनाएको छ । गण्डकीमा स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माले सरकारले तोके अनुसार अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने प्रक्रिया सुरु गरिएको बताए । अस्पतालका पूर्वअध्यक्ष तथा सभासद कृष्ण थापाले अपस्ताल प्रदेश सरकारलाई हस्तान्तरण भइसकेकोले यो विषयको निराकरणको जिम्मा प्रदेशले नै लिनुपर्ने बताए । उनले नागरिक सहयोग कोषमार्फत् अस्पताललाई सहयोग गरिरहेको पनि स्मरण गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->