पोखरा,२८ माघ–पोखरा रंगशालामा जारी प्रथम टाइगरकप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले सानदार जित निकालेको छ ।
पोखरा रंगशाला भलिबल कोर्टमा जारी खेलमा खेलाडीको बर्चस्व रहेको विभागिय टोली त्रिभुवन आर्मी क्लब माथि नयाँ खेलाडी रहेको गण्डकी प्रदेशले सानदार जित निकालेको हो ।
बुधवार भएको पुरुष तर्फको पहिलो खेलमा गण्डकीले उत्कृष्ट खेल प्रदर्सन गर्दै आर्मीलाई ३–१ को सेटले हराएको हो । गण्डकीले आर्मीलाई २२–२५,२५–१४,२५–१८ र २५–१७ ले हराएको हो । राउन्ड रोविनको आधारमा खेलाइएको खेलमा गण्डकीले जितसंगै ३ अंक जोड्न सफल रह्यो । यस अघि नेपाल पुलिस क्लब संग ३–० को सोझो सेटमा गण्डकीले हार व्यहोरेको थियो । दोस्रो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराएको छ । एपिएफले पुलिसलाई २७–२५,२५–२०,२०–२५, ९–२५ र १५–१० ले हराएको हो । जितसंगै एपिएफको २ अंक रहेको छ भने । यस अघि एक खेल जितिसकेको पुलिसको भने दुई खेलबाट ४ अंक रहेको छ । (तस्वीर ः विजय नेपाली ÷ढोरपाटन)




