शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पुलिसको लगातार दोस्रो जित

पुलिसको लगातार दोस्रो जित


  • विजय नेपाली
  • माघ २८ २०७७, बुधबार

पोखरा,२८ माघ– टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।
बुधबार भएको खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको छ । पुलिसले आर्मीलाई १८–२५,२५–२२,२५–२३ र २५–१० ले हराएको हो । पुलिसको यो दोस्रो जित हो । राउन्ड रोविनको आधारमा खेलाइएको खेलमा पुलिसले दुई खेलबाट ६ अंक जोडेको छ । यस अघि पुलिसले सशस्त्र प्रहरी बल एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै स्पष्ट ३ अंक जोडेको थियो । पुलिसले फाइनलको यात्रा कायमै राखेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->