शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पक्राउ परिन् रामकुमारी झाँक्री

पक्राउ परिन् रामकुमारी झाँक्री


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७७, बिहिबार

काठमाण्डौ, २९ माघ– नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना समर्थकहरुलाई संक्षिप्त संबोधन गरेर झाँक्रीले पक्राउ दिएकी छिन् ।

झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाट महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले नियन्त्रणमा लिएका हो । उनीमाथि राज्यविरुद्ध अपराध गरेको आरोपसहित पक्राउ गरिएको हो ।

झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डिएसपी दुर्गाराज रेग्मीको अगुवाइमा दर्जनभन्दा बढी प्रहरी अधिकारी उनको निवासमा पुगेका थिए ।

केहीदिनअघि गोरखामा भएको प्रतिनिधिसभा विघटनविरुद्धको कार्यक्रमलाई संवोधन गर्दै नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सदर गरेको भन्दै राष्ट्रपति भण्डारीको आलोचना गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->