पोखरा, २९ माघ–पोखरा रंगशालामा जारी प्रथम टाइगरकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको महिला टिम पहिलो चरणबाटै बाहिरीदा पुरुष टोलीले भने उत्कृष्ट जित हात पारेको छ ।
बिहिवारको पहिलो खेलमा महिला टोली एपिएफसंग ३–२ ले पराजित हुन पुगेको छ । एपिएफले आर्मीलाई निकै संघर्षपूर्ण तरिकाले हराउन सफल भएको हो ।
पोखरा रंगशाला भलिबल कोर्टमा भएको बिहिवारको पहिलो खेलमा शसस्त्र प्रहरी बल एपिएफले त्रिभुवन आर्मी माथि ३–२ को जित निकालेको छ । जित संगै एपिएफले दोस्रो चरणको यात्रा तय गर्दा आर्मी भने पहिलो चरणबाटै बाहिरीएको छ । एपिएफले आर्मीलाई १८–२५,२७–२५,२५–१७,२०–२५ र १५–७ को सेटमा हराएको हो । यस्तै पुरुष तर्फको खेलमा भने आर्मीले उत्कृष्ट जित हासिल गरेको छ । पहिलो खेलमा गण्डकीसंग ३–१ ले हार व्यहोरेको आर्मीले एपिएफलाई भने एपिएफलाई ३–० को सोझो सेटमा हराएको हो । आर्मीले २५–२३,२५–२१ र २५–१८ सो सोझो सेटमा हराएको हो ।
त्यसतै प्रतिस्पर्धात्मक महिला तर्फकै दोस्रो खेलमा न्यु डायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराएको छ । डायमण्डले २७–२५,२९–३१,२७–२५ र २५–१६ को सेटमा हराएको हो ।




