पोखरा, ३० माघ– पोखरा महानगरपालिका–१६ मा रहेको मातृशिशु अस्पतालमा नागरीक स्तरबाटै मातृ प्रतिक्षा गृह निमार्ण गरिएको छ । करिब २५ लाखको लागतमा अस्पतालमा प्रसुति हुने महिलाहरुको लागि प्रतिक्षा गृह निमार्ण गरिएको हो । कोभिड १९ महामरीको समयमा लकडाउन हुदाँ विभन्न जिल्ला बाट समेत जाचँका लागि आएका गर्भवती महिलाहरुलाई खाना र बस्नको समस्या उत्पन्न भएको कारण अस्पतालमा नागरिक स्तरबाट प्रतिक्षा गृह बनाएइको हो । प्रतिक्षा गृह हाललाई पाँच शैययाको बनाइएको छ ।
मातृशिशु मितेरी अस्पतालले बाल मृत्युदर र मातृ मृत्युदर घटाउने वातावरण तयार गर्ने अभिप्रायले यातायातको सामान्य पहँुच नभएको स्थानका गर्भवती महिलालाई समयमै अस्पतालको सेवा प्रदान गर्न प्रतिक्षा गृहको निमार्ण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालले जानकारी दिइन् । ‘कोभिडको समयमा महिलाहरुले हामीलाई बस्ने व्यवस्था मिलाइदिनुस भन्नुभयो ।’ लकडाउनको कारण सबै होटल बन्द भएको र भाडामा समेत कसैले नराख्दा निकै समस्या परेको उनले बताइन् । ‘हामीसंग सुत्केरी हुनेका लागि मात्र वेड छ, टाढा टाढा बाट आउने गर्भवतीहरुलाई बस्ने सेवा थिएन्’ उनले भनिन्
बिहिवार देखि प्रतिक्षा गृह संचालनमा आएको छ । प्रतिक्षा गृहको पुर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले उद्घाटन गरे । सोहि क्रममा बोल्दै उनले अस्पतालको सेवा विस्तारको लागि शुभकामना दिदैँ सरकारको तर्फबाट आवस्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले गण्डकी प्रदेशकै पहिलो मातृ प्रतिक्षा गृह रहेको बताए । उद्घाटसत्रमा बोल्दै उनले सरकारी लगानी नभई मातृशिशु मितेरी अस्पताल नागरिक सहयोग समूहले निमार्ण गरेको जानकारी दिए । प्रदेशसभा सदस्य थापाले महानगरको मातहातको अस्पताल भएपनि महानगरले कुनै जिम्मेवारी बोध नगरेको गुनासो गरे । ‘यो महानगरको सम्पति हो तर जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पुरा गर्न सकेनन् ।’ महानगर जिम्मेवारीबाट पन्छिएको बताउँदै करिब साढे २ वर्ष देखी गण्डकी प्रदेश सरकारले लिएपनि अस्पतालको लागि विशेषज्ञको व्यवस्थान नगरेको बताए । अस्तपाललाई सय शैय्या सम्मको बनाउनुका साथै सरकारी ऋणमा नर्सिङ अध्ययन गराउने लक्ष्य रहेको बताए । ‘ विद्यार्थीले घरको एक रुपैँया समेत खर्च नगरि यहि नर्सिको लागि राज्यले ऋणको व्यवस्था गरोस भन्ने हाम्रो माग हो’ उनले भने । मातृशिशु अस्पतालको लागि राजनिति पार्टी सबै छाडेर मन्दिर बनाउन सबैलाई सहयोग गर्न आग्रह समेत गरे ।
प्रसुती हुनु अघि गर्भवती महिलालाई प्रतिक्षा गृह उपलब्ध गराइने छ । प्रतिक्षा गृहमा सामान्य स्वास्थ्य जाचँ हुनेछ भने अस्पतालको समन्वयमा सुरक्षित प्रसुती सेवा उपलब्ध समेत गराइने छ । गर्भवती महिलाको सुत्केरी हुने दिनबारे लेखिएको कागज, स्वास्थ्य संस्थामा जाचँ गरेको प्रमाणित कागज लगायत कागजात अनिवार्य भएको र यातायातको सुविधा नभएको भन्ने आधार भएका गर्भवतीले प्रसुती गृहमा बस्न पाउने छन् । एक हप्ता सम्म बस्न पाउने प्रतिक्षा गृहमा खाना तथा व्यक्तिगत आवस्यकता भने स्वयम्ले गर्नुपर्नेछ ।





