शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रचण्ड–नेपाल समूहबाट जनयुद्ध दिवस मनाउन सर्कुलर

प्रचण्ड–नेपाल समूहबाट जनयुद्ध दिवस मनाउन सर्कुलर


  • ढोरपाटन संवाददाता
  • माघ ३० २०७७, शुक्रबार

काठमाण्डौ, ३० माघ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले जनयुद्ध दिवस मनाउने भएका छन् । तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै शनिवार जनयुद्ध दिवस मनाउन लागिएको हो ।
सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको अवसरमा शहीद स्मृति तथा सम्मान कार्यक्रम गर्न सर्कुलर पठाइएको छ । काठमाडौंमा शहीद स्मृति तथा सम्मान कार्यक्रम बिहान ९ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । सो कार्यक्रममा विभिन्न आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा हुने जनाएको छ ।
कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने निश्चित रहे पनि अर्का अध्यक्ष माधव नेपाल धनकुटामा रहेकाले सहभागिता नहुने भएको छ । यद्यपि कार्यक्रम भने सल्लाह गरेरै राखिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->