एजेन्सी/अहिलेको २१औं शताब्दीको युग प्रतिस्पर्धाको युग हो । जसअनुसार अहिले हरेक क्षेत्रमा प्रतिस्पर्धा चलिरहेको छ । हुँदा हुँदा चन्द्रमामा आफ्नो अस्तित्व कायम गर्न पनि विश्वका विभिन्न मुलुकहरबीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ ।
विश्वकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिकाले चन्द्रमामा सैन्य फ्याक्ट्री र विशालकाय भवन बनाउने तयारी गरेको छ । अमेरिकाको डिफेन्स एडभान्स रिसर्च प्रोजेक्ट्स एजेन्सी ९डिएआरपीए० ले यस्तो योजना तयार पारेको हो । यो योजना अनुसार अंतरिक्ष सम्बन्धि ब्यवसायिक कम्पनीहरुको सहयोगमा चन्द्र धरातलमा सैन्य अखडा बनाइने छ ।
यसका लागि डिएआरपीएले नोभेल अर्बिटल एण्ड मून मेन्युफेक्चरिङ र मेटेरियल एण्ड मास एफिसिएन्ट डिजाइन ९एनओएमद्धडी० तयार पारेको छ । जसको आधारमा चन्द्र सतहमा सैन्य फ्याक्ट्री र अन्य आवश्यक भवनहरु निर्माण गरिनेछ ।
डिएआरपीए डिफेन्स साइन्स अफिसका प्रोग्राम म्यानेजर बिल कार्टरले बताए अनुसार एनओएमद्धडी का आधारमा चन्द्र सतहमा सम्पूर्ण सुविधासम्पन्न भौतिक संरचनाको निर्माण गरिनेछ । यसबाट अन्तरिक्षको दुनियाँमा पनि सैन्य क्षमता बलियो पार्न सकिनेछ ।
बिल कार्टरले भने, “हामीले त्यस्तो प्रस्तावको प्रतिक्षा गरिरहेका छौं, जसले पृथ्वीको सट्टा चन्द्रमामा सेनाका लागि अत्याधुनिक सुविधायुक्त भौतिक संरचनाहरुको निर्माण गर्न सकोस ।” कार्टले बताए अनुसार चन्द्र सतहमा भौतिक संरचना निर्माण गर्दा युद्धाभ्यास, ग्रहण, चन्द्रमाको वातावरण र अन्तरिक्षका विशिष्ट चक्रहरुका बारेमा विशेष ध्यान दिनु पर्छ । जसबाट आपतकालिन अवस्थामा कुनै पनि समस्या नपरोस ।
चन्द्र सतहमा सैन्य अखडा स्थापना गर्ने काम निकै चुनौतीपूर्ण छ । किनकी त्यहाँ बनाइने सबै संरचनाहरु प्राविधिक तथा यान्त्रिक स्रोत साधनमा मात्रै निर्भर रहन्छन ।
नासाले सन २०२४ मा आर्टोमिस मिशन अन्तर्गत चन्द्रमामा मानिस बस्न योग्य स्थायी भवन बनाउने योजना तयार पारेको छ । नासाको यो योजना सफल भएमा चन्द्रमामा रहेको पानी र अन्य संसाधनहरुको प्रयोग गर्ने प्रयास गरिने नासाले बताएको छ ।
सन २०३० सम्ममा चन्द्र सतहमा सैन्य अखडा निर्माण गर्र्ने डिफेन्स एडभान्स रिसर्च प्रोजेक्ट्स एजेन्सी (डिएआरपीए) को योजना रहेको छ । यो योजना अनुसार सबैभन्दा पहिले सैन्य उपग्रहको प्रक्षेपणसंगै चन्द्र सतहमा अत्याधुनिक रोबोटहरुलाई क्रियाशील गराइने छ ।
चन्द्र सतहमा सैन्य बेस क्याम्प स्थापना गर्नका लागि अमेरिकी सेनाले नासासंग निकै अघिदेखि सहकार्य गरिरहेको छ । चन्द्र सतहमा बनाइने सैन्य अखडा पूर्ण रुपमा वैज्ञानिक आधारमा निर्माण गरिनेछ ।
जसमा सूर्यको किरणबाट शौर्य उर्जा उत्पादन, रेडियो फ्रिक्वेन्सी, एन्टीना र धेरै टाढासम्म देख्न सकिने क्षमताको लङ वेभ इन्फ्रारेड टेलिस्कोपको प्रयोग गरिनेछ ।
विज्ञहरुका अनुसार अमेरिकी सेनाले अन्तरिक्षमा पनि आफुलाई शक्तिशाली सावित गर्न यो योजना अघि सारेको हो ।
आफ्ना शत्रुहरुलाई अन्तरिक्षबाट निगरानी र नियन्त्रण गर्ने उद्देश्यबाट यो योजना अभिप्रेरित रहेको ईन्ट्रेस्टिङ इन्जिनियरिङले जनाएको छ ।





