शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पुरुष तर्फको फाइनलमा गण्डकी र आर्मी भिड्ने

पुरुष तर्फको फाइनलमा गण्डकी र आर्मी भिड्ने


  • विजय नेपाली
  • माघ ३० २०७७, शुक्रबार

पोखरा, ३० माघ– पोखरामा जारी प्रथम आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल पुरुष तर्फको खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब उपाधीको लागि भिड्ने भएका छन् ।
पोखरा रंगशाला भलिबल मैदानमा फाइनल प्रवेशका लागि भएको खेलमा गण्डकीले एपिएफ र आर्मीले पुलिसलाई अराउँदै फाइनलमा आम्नेसाम्ने हुने भएका हुन ।
शुक्रवार भएको खेलमा गण्डकीले एपिएफलाई ३–० को सोझो सेटमा हराउन सफल भएको हो । गण्डकीले २५–२१,२९–२७ र २५–१५ को सेटमा हराएको हो । यस्तै दोस्रो खेलमा आर्मीले पुलिस क्लबलाई ३–० कै सोझो सेटमा हराउन सफल भएको हो । आर्मीले २६–२४,२५–२२ र २५–१४ ले हराएको हो ।
राउन्ड रोविनको आधारमा खेलाइएको खेलमा ३–३ खेल खेलेका दुवै टोलीको समान ६–६ अंक छ । रेन्किङको आधारमा गण्डकी शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने आर्मी दोस्रो हुदैँ फाइनल प्रवेश गरेको हो । ३ खेल खेलेको पुलिसको ४ तथा समान खेल खेलको एपिएफ २ अंक सहित पुछारमा रहँदै बाहिरीएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->